काठमाडौँ — सोमबार कान्तिपुरमा प्रकाशित ‘सेटिङमा नपरेपछि ४१ महिनामा २० हजार यात्रु अध्यागमनबाटै फिर्ता’ समाचारले धेरैको मन झस्काएको छ । तलदेखि माथिसम्म सेटिङ मिलाएर अब देश सक्ने भए । सेटिङ मिले ‘लेनदेन’ र ‘नजराना’ का कुरा बाहिर नआउने तर सेटिङ नमिले बाहिर आउने यो कस्तो नीति बनेछ नेपालमा ?
सोमबार कान्तिपुरमा प्रकाशित ‘सेटिङमा नपरेपछि ४१ महिनामा २० हजार यात्रु अध्यागमनबाटै फिर्ता’ समाचारले धेरैको मन झस्काएको छ । तलदेखि माथिसम्म सेटिङ मिलाएर अब देश सक्ने भए । सेटिङ मिले ‘लेनदेन’ र ‘नजराना’ का कुरा बाहिर नआउने तर सेटिङ नमिले बाहिर आउने यो कस्तो नीति बनेछ नेपालमा ?
पदीय जिम्मेवारीमा रहेको व्यक्तिमाथि भ्रष्टाचारको आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिने विश्वव्यापी आम प्रचलन नै हो । नेपालमा पनि यदाकदा यसको पालना गरिएको पाइन्छ । तर, हाम्रा गृहमन्त्री रमेश लेखक किन यतिविधि ज्याद्रो भएर बसेका छन्, बुझ्न सकिएन ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौ
