सहकारी ठगसँगै जघन्य अपराधी पनि नउम्कियून्

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Heinous criminals should not escape along with cooperative thugs

काठमाडौँ — सहकारी ठगी अभियोग लागेका व्यक्तिको राहदानीमा रोक लगाउने कानुन बन्न लागेको समाचार सुन्दा खुसी लाग्यो । सहकारी ठगी मात्र होइन, अन्य जघन्य अपराध जस्तै : बलात्कारमा संलग्न, फौ जदारी अभियो ग लागेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको पनि राहदानीमा रोक लगाउनुपर्छ । यसो गरियो भने मात्रै आमजनताले सुशासनको अनुभव गर्न पाउने छन् ।

सहकारी ठगी अभियोग लागेका व्यक्तिको राहदानीमा रोक लगाउने कानुन बन्न लागेको समाचार सुन्दा खुसी लाग्यो । सहकारी ठगी मात्र होइन, अन्य जघन्य अपराध जस्तै : बलात्कारमा संलग्न, फौ जदारी अभियो ग लागेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको पनि राहदानीमा रोक लगाउनुपर्छ । यसो गरियो भने मात्रै आमजनताले सुशासनको अनुभव गर्न पाउने छन् ।

सहकारी ठगी गर्नेलाई अविलम्ब कानुनी कारबाही हुनैपर्छ । जतिसक्दो चाँडो कानुन बनाएर पीडितलाई न्याय दिने काम राज्यले गरोस् । अहिले पनि एकाधबाहेक सहकारी ठगीमा संलग्नलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन ।

सहकारी ठगी गर्नेहरू पार्टी प्यालेसका साहु, जग्गा दलाल, घरजग्गा कारोबार भएर छाती फुलाएर हिँडेका छन् । तर, तिनैले पीडित बनाएका जनता भने अहिले पनि न्याय माग्दै सडकमा भौंतारिरहेका छन् । सहकारी बन्द गरेर गरिब जनताले जम्मा गरेको पैसा नतिर्ने कथित ती सहकारी मालिकको जायजेथाबाट असुलउपर गर्न अब ढिला नगरौं ।

दोषी जो भए पनि कानुनको दायरामा आउनै पर्छ । हाम्रो दे शमा त ने तालाई एउटा र जनतालाई अर्को कानुन भएजस्तो छ । त्यसकारण सर्वर्साधारणले न्यायको अनुभूति नै गर्न पाएका छैनन् ।

अहिले पाइलैपिच्छे भ्रष्टाचारी भेटिन थालेका छन् । स्थानीय तहमा विकृति झन् मौलाएको छ । कानुनी दायरा फराकिलो नहुँदा नेता र मन्त्री चोखिने गरे काले पनि यस्तो विकृति मौलाएको हो । कम्तीमा अपराधी जो भए पनि कानुनी कारबाही गर्ने हो भने अपराधीको मनोबल बढ्ने थिएन । सरकारले गर्ने निर्णय जनहितमा होस् ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

कान्तिपुर

Link copied successfully