विश्वकै आकर्षण बनिरहेको सगरमाथा

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Everest is becoming the attraction of the world

काठमाडौँ — शनिबार कान्तिपुरको कोसेलीमा प्रकाशित ‘सगरमाथामा मानव संघर्षका १०४ वर्ष’ आलेख सटीक लाग्यो । हिमाल आरोहणको साहसिक यात्रामा संसारभरका मानिसको आकर्षण बढेको तर असावधानी, हिमपहिरो, हतारको तयारी, अक्सिजनको कमी, आँधीलगायत कारणले यदाकदा सगरमाथामा मानिसहरूको मृत्युसमेत हुने गरेको तथ्यलाई बडो सूक्ष्म ढंगले केलाइएको रहेछ ।

शनिबार कान्तिपुरको कोसेलीमा प्रकाशित ‘सगरमाथामा मानव संघर्षका १०४ वर्ष’ आलेख सटीक लाग्यो । हिमाल आरोहणको साहसिक यात्रामा संसारभरका मानिसको आकर्षण बढेको तर असावधानी, हिमपहिरो, हतारको तयारी, अक्सिजनको कमी, आँधीलगायत कारणले यदाकदा सगरमाथामा मानिसहरूको मृत्युसमेत हुने गरेको तथ्यलाई बडो सूक्ष्म ढंगले केलाइएको रहेछ । न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मई २९ का दिन पहिलो पटक सगरमाथा आरोहण गरेको भए पनि त्यसभन्दा ३२ वर्षअघिदेखि विभिन्न व्यक्तिबाट चुचुरोमा पुग्ने प्रयास भएको आलेखबाटै थाहा भयो । सगरमाथा आरोहण कठिन भएकै कारण यसको नाम तेस्रो ध्रुव राखिएको रहेछ । प्राप्त तथ्यांक अनुसार अहिलेसम्म सगरमाथामा नेपाल र चीनबाट १२ हजार ८ सय ८४ पटक मानव पाइला टेकिएका छन्, जसमध्ये नेपालतर्फको संख्या ९ हजार १ सय ५६ रहेको देखिन्छ । सगरमाथा यात्राका क्रममा हालसम्म ३ सय ४० जनाको मृत्यु भएको छ । तर, सगरमाथाप्रतिको आकर्षण बढ्दो छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

कान्तिपुर

Link copied successfully