मानवअधिकारको घोर उल्लंघन

जेष्ठ ११, २०८२

पाठक पत्र

A gross violation of human rights

७ अक्टोबर २०२३ बाट सुरु भएको इजरायल–हमास युद्धले मानवअधिकारका न्यूनतम अवधारणालाई समेत उल्लंघन गरिरहेको छ ।

अहिलेसम्ममा ६० हजारभन्दा बढीले जीवन गुमाइसकेका छन् भने १ लाख १५ हजारभन्दा बढी बालबालिका घाइते छन् । १७ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् । यस बखत एक छाक खानाका लागि ७१ हजार बालबालिका संघर्ष गरिरहेको दृश्यसहितको कान्तिपुरको मुखपृष्ठको समाचार ज्यादै हृदयविदारक लाग्यो । इजरायलले गरेको नाकाबन्दीले भोकमरीको यस्तो दृश्य देखिएको हो । जुन मानव सभ्यताकै क्रूर रूप हो भन्दा फरक पर्दैन ।

रामकृष्ण बराल, जोरपाटी–५, काठमाडौं

पाठक पत्र

Link copied successfully