लोडसेडिङ तालिका प्रकाशित होस्

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Publish the load shedding schedule

काठमाडौँ — कुलमान घिसिङ विद्युत् प्राधिकरणबाट बहिर्गमन भएपछि अचाक्ली बत्ती गइरहेको छ । विशेष गरी जोरपाटी सब्स्टेसनको लाइन थली, डाँछी, भद्रबास, आलापोट र भोर्लेटार एरियामा लामो समयसम्म बत्ती गएर हैरानी भएको छ ।

कुलमान घिसिङ विद्युत् प्राधिकरणबाट बहिर्गमन भएपछि अचाक्ली बत्ती गइरहेको छ । विशेष गरी जोरपाटी सब्स्टेसनको लाइन थली, डाँछी, भद्रबास, आलापोट र भोर्लेटार एरियामा लामो समयसम्म बत्ती गएर हैरानी भएको छ । दिनमा ५/६ पटकसम्म बत्ती जाने, कहिले साँझको खाना बनाउने बेलामा त कहिले बिहानको समयमा बत्ती गएको गयै भएर हैरानी भएको छ । हावाहुरी चलेको दिन त यदाकदा पहिले पनि झ्याप्पझुप्प बत्ती जाने गरेकै हो । तर अहिले त हुरीबतास नचल्दा पनि बत्ती गएर हैरानीमा परेका छौं । यसरी दैनिक २/३ घण्टा बिजुली नआएपछि मान्छेले कसरी बत्तीमा खाना पकाउने ? विद्यार्थीले कसरी पढ्ने ? आजको जमाना इन्टरनेटको हो, सबै कामहरू मेलबाट हुने गर्छन्, तर बत्ती नै नभएपछि नेट चल्दैन भने नेटबाट गरिने कामकाज कसरी गर्ने ? प्रधानमन्त्रीले कमसे कम ऊर्जामन्त्री त राम्रो राख्नु नि ! आज हामीले बत्ती नआउँदा कोसित गुनासो गर्ने ? लोडसेडिङ छैन, हुँदैन भने पनि भित्रभित्रै यति ठूलो लोडसेडिङ छ कि यस्तो भोग्नेलाई मात्र थाहा छ । म भाषा सम्पादनको काम गर्छु, तर बत्ती गएर कम्प्युटर नचलेर एक दिनको काम गर्न दुई दिन लाग्न थालेको छ । के मैले अब यो पेसाबाट पनि हात धुनुपर्ने भो ? प्रधानमन्त्रीसँग म विनम्र अनुरोध गर्दछु कि यस्तो बेमौसमे लोडसेडिङ अन्त्य होस् । लोडसेडिङै गर्नुछ भने सेड्युल अर्थात् लोडसेडिङ तालिका पनि प्रकाशित गरियोस् ।

ज्यो. रत्ननिधि रेग्मी ॅशुक्राचार्य’,

महाकवि देवकोटा आश्रम, काठमाडौं

कान्तिपुर

Link copied successfully