जेठ ३: श्रद्धाञ्जलीको धुन कि अनुसन्धानको मौनता ?

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

May 3: Song of tribute or silence of research?

काठमाडौँ — जिप खस्यो त्रिशूलीमा, ड्राइभर बगरमा छ त्रिशूली र सुर्जे मात्र साक्षी छन् । अचम्म लाग्छ, कसरी यस्तो घटना भयो ? दुई नेता मरे, तर ड्राइभर बाँच्यो...’ यी पंक्तिहरू नेपाली राजनीतिक इतिहासको एक रहस्यमय र दुःखद् घटनाका चित्रण हुन् ।

जिप खस्यो त्रिशूलीमा, ड्राइभर बगरमा छ त्रिशूली र सुर्जे मात्र साक्षी छन् । अचम्म लाग्छ, कसरी यस्तो घटना भयो ? दुई नेता मरे, तर ड्राइभर बाँच्यो...’ यी पंक्तिहरू नेपाली राजनीतिक इतिहासको एक रहस्यमय र दुःखद् घटनाका चित्रण हुन् । २०५० जेठ ३ मा नेपाली कम्युनिस्ट आन्दोलनका जननेता मदन भण्डारी र लोकप्रिय नेता जीवराज आश्रितको त्रिशूली नदीमा भएको दुर्घटनामा निधन भयो । यो दुर्घटना थियो वा षड्यन्त्र ? ३१ वर्ष बितिसक्दा पनि सत्य बाहिर आउन सकेको छैन । यो घटनापछि कम्युनिस्ट पार्टी पटक–पटक सत्तामा पुगे । तर, सत्तामा पुग्ने नेताहरूले यो रहस्यको अनुसन्धान गर्ने आँट गरेनन् । भण्डारी र आश्रितका नाममा जुलुस, सभा र ब्यानर देखिन्छन्, तर गम्भीर प्रश्नहरू ओझेलमा पर्छन् । उनीहरूको नामलाई सत्ताको भर्‍याङ बनाइयो, तर सत्यको खोजीमा कसैले ध्यान दिएन । सच्चा श्रद्धाञ्जली अनुसन्धानबाट मात्र सम्भव छ । त्रिशूलीले बगाएको सत्यलाई सतहमा ल्याउनुपर्छ । तर, हामी मौनतामा रमाइरहेका छौं । नेताहरू ‘जननेता’ भन्दै भाषण गर्छन्, तर न्यायको मागमा चुप लाग्छन् । ३१ वर्षसम्म छानबिनका नाममा नाटक मात्र भयो । यदि यो दुर्घटना थियो भने किन पुष्टि हुन सकेन ?

सन्तोष सिम्खडा, टोकियो, जापान

कान्तिपुर संवाददाता

Link copied successfully