काठमाडौँ — शान्तिको विकल्प छैन । शान्ति जीवनयापनको महत्त्वपूर्ण पाटो हो । यसैलाई मनन गर्दै भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेकामा दुवै मुलुकका राष्ट्रप्रमुखलाई धन्यवाद दिनुपर्छ । वास्तवमा यो निर्दोष जनताको ठूलो जित हो ।
शान्तिको विकल्प छैन । शान्ति जीवनयापनको महत्त्वपूर्ण पाटो हो । यसैलाई मनन गर्दै भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेकामा दुवै मुलुकका राष्ट्रप्रमुखलाई धन्यवाद दिनुपर्छ । वास्तवमा यो निर्दोष जनताको ठूलो जित हो ।
आतंकवादी कसैका हुँदैनन् । यिनीहरूको न कुनै धर्म हुन्छ, न त जात नै । त्यसकारण सबै राष्ट्र मिलेर आतंकवादलाई खत्तम गर्नुपर्छ ।
युद्धविरामको जुन निर्णय भारत र पाकिस्तानले लिए, त्यो संसारका लागि उदाहरणीय पक्ष हो । युद्धमा हारजित एउटा हुन्छ तर त्यहाँ सयौं निर्दोष जनताले ज्यान गुमाउन पुग्छन् । युद्धमा जानेभन्दा युद्ध नचाहने बढी पीडित बनिरहेको हुन्छ । यो युद्धविरामबाट युक्रेन र रुसले पनि केही पाठ सिके निर्दोष जनताले अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।
–पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
