कांग्रेस सभापतिको लज्जास्पद अभिव्यक्ति

वैशाख २८, २०८२

पाठक पत्र

Shameful expression of Congress President

काठमाडौँ — एक महिनादेखि खाली रहेको राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धमा सरकार अलमलमै रहेको देखिन्छ । राज्यको मौद्रिक नीति निर्धारण गर्ने त्यति महत्त्वपूर्ण पद महिनौंदेखि खाली रहँदा पनि सरकार र त्यसमा संलग्न ठूलो दल यो वा त्यो बहानामा उदासीन देखिनु उदेकलाग्दो विषय हो ।

कांग्रेस सभापतिले बारम्बार ‘यो ढिलाइ राष्ट्र बैंकको किचलोकै कारण भएको हो, अन्यथा प्रधानमन्त्री त त्यो पद कांग्रेसलाई दिन तयार छन्’ भनेको सुन्दा आमनागरिक र अझै कांग्रेसका शुभेच्छुकहरू त भरपूर लज्जाबोध गरिरहेका छन् । मानौं भागबन्डाको राजनीतिमा त्यो पद कांग्रेसकै भागमा पर्‍यो रे ! पाँच–पाँच पटक प्रधानमन्त्री भइसकेका र त्यत्रो इतिहास बोकेको पार्टीको नेतृत्व गर्ने व्यक्तिले त्यस्तो खालको सस्तो अभिव्यक्ति दिन मिल्छ ?

रत्नप्रसाद लुइँटेल, पाँचखाल–१०, काभ्रे

पाठक पत्र

Link copied successfully