जता हेर्यो उतैतिर समस्याको चाङजति छोप्न खोज्दा पनि नछोपिने भ्वाङ
नेताहरूले चाहिनेभन्दा बढी पिटे ढ्वाङ
झूटका खेती लुकाउन कति पार्नु स्वाङ
राजावादी– खाजावादी सबै हल्लाखोर
जनताका अपेक्षा त यस्तो कहाँ हो र ?
चुँडेकाले हिजोआज विश्वासको डोरी
समृद्धिको मूलबाटोमा पैह्रो जाने हो कि ।
–कृष्ण कुम्पुरे, आदमटार, धादिङ
