विद्युत् प्राधिकरण घाटामा कसरी गयो ?

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

How did the electricity authority go into losses?

काठमाडौँ — केही महिनाअघि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहँदा १० अर्ब फाइदामा भएको प्राधिकरण अहिले हितेन्द्रदेव शाक्य नियुक्त हुनेबित्तिकै घाटामा कसरी गयो ? प्राधिकरण फाइदामा छ भनेर हिजो कुलमानले बोलेका थिए, नवनियुक्त हितेन्द्रदेवले प्राधिकरण घाटामा छ भनिरहेका छन् । आखिर सत्य के हो ? रातारात विद्युत् प्र्राधिकरण घाटामा जान सम्भव छ ?

केही महिनाअघि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रहँदा १० अर्ब फाइदामा भएको प्राधिकरण अहिले हितेन्द्रदेव शाक्य नियुक्त हुनेबित्तिकै घाटामा कसरी गयो ? प्राधिकरण फाइदामा छ भनेर हिजो कुलमानले बोलेका थिए, नवनियुक्त हितेन्द्रदेवले प्राधिकरण घाटामा छ भनिरहेका छन् । आखिर सत्य के हो ? रातारात विद्युत् प्र्राधिकरण घाटामा जान सम्भव छ ? हरेक दिन बत्ती अघोषित रूपमा ३/४ घण्टा गएको छ । प्राधिकरणमा फोन गर्‍यो भने कर्मचारीले कऽनै प्रतिक्रिया दिँदैनन् । जनताले बत्ती सित्तैमा बालेका छैनन् । महिनैपिच्छे पैसा बुझाएका छन् । पैसा बुझाउँदा पनि बत्ती बाल्न नपाउनु नीतिसंगत छ त ? बत्ती बालेको पैसा जनताले तिरेका छन् । हरेक महिना पैसा लिने प्राधिकरण घाटामा चाहिँ कसरी गयो ? ठूलाठूला व्यापारीले हो, पैसा नतिरेरै बती बाल्न पाउने । जनताको त एक महिना नाघ्यो भने लाइन काटिन्छ । लाइन काटिने डरले नखाई नखाई भए पनि बत्तीको पैसा तिरेका छन् । त्यति गर्दा पनि प्राधिकरण घाटामा छ रे । जे गर्दा पनि भइहाल्यो, जनताले पत्याउनैपर्छ । जनताको धीरतालाई कमजोरी नसम्झे होला । अहिले विद्युत् प्राधिकरणले श्वेत पत्र जारी गरेको देख्दा अचम्म लाग्छ । किन प्राधिकरणले श्वेत पत्र जारी गर्‍यो ?
ऊर्जामन्त्री दीपक खड्कालाई जसरी भए पनि कुलमानलाई कार्यकारी निर्देशकबाट हटाउन परेको थियो । उनको योजना सफल भयो । चार महिना बाँकी छँदा त्यति बल गरेर कुलमानलाई हटाउन किन परेको थियो ? त्यही प्राधिकरण घाटामा लान ? नेपाल सरकारको नाममा रहेका एउटै प्राधिकरण फाइदामा छ भन्ने सुन्दा आनन्द आएको थियो । अब १० अर्ब ऋण लिन पर्‍यो भनेर कार्यकारी निर्देशक हितेन्द्रले भनेको सुन्दा अचम्म लाग्छ । काम गर्ने कर्मचारीलाई मन्त्रीले काम गर्न नदिने । हरेक क्षेत्रलाई राजनीतिले बन्धक बनाउन खोज्ने । अनि देशको अर्थतन्त्र कसरी माथि जान्छ ? सरकारले काम गर्न कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा हतोत्साही गर्छ भने कर्मचारीको मनोबल कसरी बढ्ला ? निजी कम्पनी जहिले फाइदामा जाने, सरकारी कम्पनी जहिले घाटामा जानुको कारण हो, राजनीति हस्तक्षेप । प्राधिकरणलाई सक्ने काम नगर ।
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully