गगन–ओली असमझदारी, संयन्त्र प्रभावित

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Gagan-Oli disagreement, mechanism affected

काठमाडौँ — गगन थापा र केपी ओलीको वाक्युद्धले सरकार सञ्चालनको सहयोगी संरचना राजनीतिक संयन्त्र प्रभावित भएको छ । साथै, सरकारकै भविष्यसमेत अन्योलमा परेको छ ।

गगन थापा र केपी ओलीको वाक्युद्धले सरकार सञ्चालनको सहयोगी संरचना राजनीतिक संयन्त्र प्रभावित भएको छ । साथै, सरकारकै भविष्यसमेत अन्योलमा परेको छ । सरकार सञ्चालनको संयन्त्रमै बसेका थापाले प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको प्रवेश हुने गरेको गम्भीर आरोप लगाए । ओलीले पनि मनपरी नबोल्न र प्रमाणित गर्न चुनौती दिए ।
त्यसपछि थापाले ओलीले ४ वर्षअघि नियुक्त गरिएका ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूको मुद्दा आजसम्म फैसला नगर्दा अदालतप्रतिको जनआस्था गिरेको भन्दै सार्वजानिक टिप्पणी गरे । त्यसले पनि ओलीको र उनका आसेपासेको मन दुख्यो र थापाविरुद्ध अदालतमा मुद्दा पर्‍यो । सरकार सञ्चालन गर्न गठन गरिएको १० सदस्यीय उच्चस्तरीय संयन्त्रको बैठकमा कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेसकै उपसभापति पूर्णबहादुर
खड्का सहभागी नभएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । किनकि एकातिर प्रचण्डले फालेको जालमा देउवा लालयित भएको बताइँदै छ भने अर्कोतिर कांग्रेस महामन्त्रीद्वयको तीव्र विरोधको स्वर झनै चर्को रूपमा उठिरहेको छ । जसले सरकारको भविष्यमाथि नै शंका उपशंका पैदा गरेको छ ।
गगन संयन्त्रको बैठकमा नजानुको अर्थ हो उनी सरकार सञ्चालनको काम र गतिसँग पटक्कै सहमत छैनन् । अर्का प्रभावशाली महामन्त्री विश्वप्रकाश शर्माले समेत सातबुँदे असहमति नै सार्वजानिक गरेका छन् । ओली र आरजुले कुलमान घिसिङलाई हटाउने अनि जवाफ भने गगन–विश्वले दिनुपर्ने अवस्था कतिन्जेल स्वाभाविक हुन्छ ? ओली–देउवा उपकुलपतिलाई काम गर्न नदिएर राजीनामा दिन बाध्य गर्ने अनि मतदातालाई गगन–विश्वले जवाफ दिनुपर्ने कुरा कतिन्जेल ग्राह्य हुन्छ ? कांग्रेसले २०८४ को चुनाव देउवा–आरजुको नाउँमा लड्छ कि गगन विश्वको नाउँमा ? जनमत तान्ने सवालमा को प्रभावशाली हुन्छ ? सम्पूर्ण कांग्रेसीहरूले ठन्डा दिमागले सोच्ने बेला आएको छ । अब देउवा र आरजुको मात्र भर परेमा कांग्रेसको सम्पूर्ण डुंगा नराम्रोसँग डुब्नेछ । देउवा र आरजुको नराम्रो कामहरूका कारण २०८४ मा कांग्रेसको भोट बैंक घटे त्यसको जिम्मा कसले लिने ?
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

कान्तिपुर संवाददाता

Link copied successfully