शिक्षा र स्वास्थ्य रुग्ण, देश पनि रुग्ण

वैशाख १८, २०८२

पाठक पत्र

Education and health are sick, the country is also sick

१५ गते कान्तिपुरमा विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा भन्ने समाचार पढियो । संसारमा नजर डुलाएर हेर्नुस् । विकसित देशले शिक्षा र स्वास्थ्य दुरुस्त गरेर नै विकसित भएका छन् ।

ती सबै देशहरूमा शिक्षक र डाक्टर नै सबैभन्दा बढी प्रतिष्ठित हुन्छन् । जुन देशमा शिक्षा र स्वास्थ्य रुग्ण हुन्छ, ती देश पनि रुग्ण नै छन्, रहनेछन् । हाम्रो देशमा डाक्टरले अलि प्रतिष्ठा प्राप्त गरे पनि शिक्षक त एक निरीह प्राणी नै बनाइएका छन् । नेताको भत्ता बढेको बढ्यै हुन्छ । शिक्षकका मागका लागि बजेट छैन रे । बिचौलिया र भ्रष्टाचारीका लागि सबै थोक छन् । गरिबको गुजारा गर्नका लागि पनि पैसा छैन । माफियाहरूको सबै ठाउँमा रजगज छ तर जुन आवासीय चिकित्सक कमाएर दिन्छन्, उनैको गुजाराका लागि सिट र विद्यार्थीबाट असुल्ने ब्ल्याकमेलिङको खेल हुन्छ । विडम्बना छ । यो देश यस मानसिकताले कहिले पनि उँभो नलाग्ने निश्चित छ । यस्तो मानसिकताको पृष्ठपोषक स्वयं प्रधानमन्त्री बनेका छन् । शिक्षक र चिकित्सकका माग बिल्कुल जायज छन् । उनका माग अविलम्ब पूरा हुनुपर्छ ।

डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज

पाठक

Link copied successfully