राजनीतिमै जाने हो भने सुविधा छोडौं

वैशाख ७, २०८२

पाठक पत्र

If we want to go into politics, let's leave the facilities

मुलुकको राष्ट्रपति र उपराष्ट्रपति भइसकेको पूर्वविशिष्ट पदाधिकारी पदावधि सकिएपछि पुनः राजनीतिक मैदानमा जाने हो भने राज्यबाट दिइएको सुविधा लिइरहनु उचित हुँदैन ।

दुई–दुई पटक उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन पुनः पार्टी राजनीतिमा होमिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि राजनीतिमा आउने हल्ला छ ।

माओवादी पार्टीले तराईका हुलाकी राजमार्गहरूमा आफ्नो जनसभा गर्दा त्यहीँ उपस्थित पूर्वउपराष्ट्रपति पुनलाई प्रश्न गर्दा आफू राजनीतिमा आएको मात्र होइन कि पार्टी अध्यक्ष पुष्पकमल दाहालको सारथि बन्न पाएकामा खुसी लागेको पनि बताएका छन् ।

हुन त आजीवन राजनीति गरेको मान्छे विशिष्ट पदमा बस्नासाथ उसको राजनीतिक करियर नै समाप्त हुनुपर्छ भन्नु उचित नहोला । तर, कुरा के मात्रै हो भने यदि त्यसरी राजनीतिमा जाने हो भने राज्यबाट खाइपाइ आएको सेवा सुविधा भने त्याग गरेर जानु उचित हुन्छ ।

- गोपाल देवकोटा, काठमाडौं महानगरपालिका–७, चाबहिल

पाठक

Link copied successfully