मुलुकमा हरेक आर्थिक वर्षमा महँगीको दर बढिरहेको छ । सरकार हरेक वर्ष ६–७ प्रतिशतका दरले मुद्रास्फीति र महँगी बढिरहेको आँकडा सार्वजनिक गर्छ । तर, बजारमा यसभन्दा कैयौं धेरै महँगी छ ।
यस वर्ष मात्रै खाद्य सामग्रीमा १५ देखि २० प्रतिशतसम्म मूल्यवृद्धि भएको पाइएको छ । महँगी यस अनुपातमा बढ्दै जाने हो भने जनजीवन झन् कठिन हुनेछ ।
यस्तो अवस्थामा अर्थतन्त्रलाई ट्र्याकमा नल्याउने र मुद्रास्फीति दरलाई सुधार नगर्ने हो भने साधारण जनताको जीवनस्तर झन् कहालीलाग्दो बन्नेछ । बजारबाट हजारका नोट फिर्ता गरेर हुन्छ कि वा अन्य कुनै उपाय छन् भने ती पनि अपनाउन अब ढिला गर्नु हुँदैन । पाँच दशकअघि र अहिलेको बजार भाउ तुलना गर्ने हो भने पत्याउनै नसकिने अवस्था छ । तसर्थ, बेलैमा होसियारी अपनाएर कदम चालिएन भने समस्या झन् भयावह बन्न सक्छ । बेलैमा होसियारी अपनाऔं ।
– डा.सुमनकुमार रेग्मी, कुपण्डोल, ललितपुर
