पूरा होला त विश्व बैंकको प्रक्षेपण !

वैशाख १, २०८२

पाठक पत्र

The projection of the World Bank will be completed!

नयाँ आर्थिक वर्षमा देश विकासको दर ४.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । सरकारले मुलुकको समग्र क्षेत्रलाई विश्वासमा लिएर काम गरेमा यो लक्ष्य प्राप्त गर्न ठूलो माथापच्छी केही गर्नै पर्दैन ।

समयमै किसानलाई कृषि, मल र बीउबिजन दिन सकेमा कृषि क्षेत्रले फड्को मार्नेमा शंका छैन । गएको वर्ष किसानले समयमै बीउबिजन र मल पाउन सकेनन् । यस्ता कुरामा सरकारले समयमै ध्यान पुर्‍याओस् ।

देशका कलकारखाना पूर्ण क्षमतामा चल्न सकून् । उद्योगहरूमा लोडसेडिङ नहोस् । अर्बौंको बक्यौता रहेको विद्युत् महसुल उठाउन सरकार सफल होस् । कसैलाई छुट दिने काम नहोस् ।

राम्रा र कामकाजी कर्मचारी र प्रशासकलाई हटाउने होइन, थप जिम्मेवारी दिएर काममा लगाउन सरकारले कन्ज्युस्याइँ नगरोस् । बुद्धिजीवीहरूको कदर गरोस् । गएको वर्ष केशरजंग बरालजस्ता उपकुलपतिको कदर भएन । सरकार र राजनीतिक पार्टीहरूले आमजनतामा आशा जगाउन सकून् । सरकार पूर्वाग्रही नभइदेओस् । बस् यति गरिदिए विश्व बैंकले प्रक्षेपण गरेको विकासको लक्ष्य अवश्य प्राप्त गर्न सकिनेछ ।

गोपाल देवकोटा, काठमाडौं

पाठक

Link copied successfully