फेरि लोडसेडिङ सुरु

वैशाख १, २०८२

पाठक पत्र

Start load shedding again

ऊर्जामन्त्रीको एकमात्र चाहना कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने थियो, त्यो इच्छा अब पूरा भयो ।

हजारौं जनताले बाटोमा निस्किएर कुलमानको समर्थनमा नारा जुलुस गरे । सरकारले त्यो देखेन । नदेखेको नाटक गर्‍यो । अदालतबाट पनि कुलमानले न्याय पाएनन् ।

कुलमानलाई निकाल्ने चाहना पूरा भएकामा मन्त्रीज्यू खुसी हुँदा जनताले चाहिँ सास्ती पाउनु भएन । अहिले त नियमितजसो बत्ती जान थालेपछि जनता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत अन्तिम साता हरेक दिनजसो बिनाकुनै सूचना तीन–चार घण्टा बत्ती गइरह्यो । बत्ती किन जान्छ ? कसैलाई थाहा छैन । कोही जवाफदेही पनि छैन । बत्ती कति बेला आउँछ ? त्यो पनि थाहा छैन । बिनाकुनै सूचना बत्ती काट्न मिल्छ र ?

शासकहरूले ‘जनता बोल्दैनन्, त्यसैले जे गरे पनि हुन्छ’ भन्ने नसोचौं । यस्तै ज्यादती सरकारले गरिरह्यो भने जनता सडकमा उत्रिन बाध्य हुनेछन् । अदृश्य लोडसेडिङ गरेर जनतालाई दुःख दिने काम तुरुन्त बन्द गरौं ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully