विवेकको प्रयोग गरौं

वैशाख १, २०८२

पाठक पत्र

Let's use discretion

अहिले मुलुक अस्थिरता र टकरावको अवस्थाबाट गुज्रिरहेको छ । आमजनताको मानसपटलमा निराशा र छटपटी सिवाय केही छैन ।

आमजनतामा छाएको विग्रह र वितृष्णाको पीडालाई मुलुकको प्रधानमन्त्रीले सही र व्यावहारिक सल्लाह लिएर समाधान गर्नुपर्‍यो । यस्ता कुरामा शीतल र विवेकी मनको प्रयोग गर्न ढिला गर्नु भएन । हाम्रा प्रधानमन्त्री अनुभवी र कठोर संघर्षबाट स्थापित भएको नेता हुनुहुन्छ । हामीलाई थाहा छ कि प्रधानमन्त्रीमाथि निकै ठूलो बोझ हुन्छ, धेरै आलोचना खेप्नुपर्ने हुन्छ तर विवेक प्रयोग गरे धेरै मात्रामा बोझ र आलोचना पनि कम गर्न सकिन्छ ।

प्रकाश भट्टराई, नवलपुर

पाठक

Link copied successfully