गाल जोगाउने गृहमन्त्रीको काम

चैत्र २९, २०८१

पाठक पत्र

The Home Minister's job to save the cheek

चैत १५ मा राजावादीको आन्दोलनमा परेर घाइते भएका र उपचार गराइरहेकालाई घटना भएको झन्डै दुई सातापछि गृहमन्त्री रमेश लेखकले वीर अस्पताल पुगेर भेटेका छन् ।

र, आश्वासन दिएका छन्, ‘नआत्तिनूस्, तपाईंहरूको साथमा सरकार छ ।’ भेटका क्रममा उनले घाइतेको उपचार खर्च बेहोर्ने भनेर सरकारले यसअघि नै निर्णय गरिसकेको र उक्त निर्णय कार्यान्वयन हुने कुरामा प्रतिबद्धता पनि जनाएका छन् । उपचार खर्चकै अभावमा कतिपय घाइते अस्पतालबाट भाग्न बाध्य भए भने कतिपय व्यक्तिगत खर्चमा उपचार गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् । उक्त घटनामा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने भनेर निर्णय गरिसकेको भए तापनि उनीहरूले सरकारका तर्फबाट कुनै सहयोग नपाएको भन्दै अहिले पनि चौतर्फी आलोचना भइरहेको छ ।

गृहमन्त्री घटना भएको यतिका दिनपछि बल्ल सरकारको नाक जोगाउने नाममा अस्पताल पुगेर सान्त्वना बाँडिरहेका छन् । यो उनको गाल जोगाउने काम मात्रै हो । गृहमन्त्रीले ‘घटनाको मुख्य दोषी सरकार हो’ भनिरहेको राजावादीको आरोपलाई निष्पक्ष छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याएर जवाफ दिनुपर्ने होइन र ?

- सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक पत्र

Link copied successfully