कान्तिपुरमा प्रकाशित केशव दाहालको ‘महाराज ! रैती हुन इन्कार छ’ आलेख पढेँ । हाम्रो उदारता भनौं कि कमजोरी हरेक कुरालाई सतही ढंगले बुझ्ने र व्याख्या विश्लेषण गर्ने गरिरहेका हुन्छौं ।
विद्वान् लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कटाक्ष गर्ने नाममै सही ‘महाराज’, ‘प्रभु’ भनेर सम्बोधन गर्नुपर्ने के खण्डखातिर परेछ, मैले बुझ्न सकिनँ । ‘महाराज’ नै मान्ने हो भने आलोचना र औंला ठड्याउनुको कुनै तुक छैन । दाहालजस्ता राजनीतिक लेखक यस्ता कुराबाट सच्चिनु आवश्यक छ ?
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज
