शिक्षक भनेका समाजकै ऐना हुन् । तर, सरकारले शिक्षकलाई नै अपमानित गर्ने काम गरिरहेको छ । पटक–पटक सरकारले उनीहरूका माग सम्बोधन गर्छु भन्दै सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा समस्या बल्झिएको हो ।
सरकारी विद्यालयले बिस्तारै गति लिइरहेका बेला यसरी विद्यालय नै बन्द गर्ने तहमा शिक्षकलाई पुर्याउनु लाजमर्दो कुरा हो । लामो समय यही स्थिति रहने हो भने मुलुकमा फेरि निजी विद्यालयकै हालीमुहाली हुने पक्का छ । शिक्षक आन्दोलन तत्काल अन्त्य गर्न उनीहरूका जायज र न्यायोचित माग सरकारले तुरुन्तै सम्बोधन गरोस् । बन्द विद्यालयलाई तुरुन्तै खोल्ने र शिक्षकलाई विद्यालयसम्म पुग्ने वातावरण मिलाउन सरकारले कुनै कसर बाँकी नराखोस् ।
– रामेश्वर बासी, चाँगुनारायण–९, ताथली, भक्तपुर
