राजधानी काठमाडौंको वायु प्रदूषणको अवस्थाले सीमा नाघेको छ । यसै कारण अहिले अस्पतालमा श्वासप्रश्वास तथा दम लगायतका बिरामीको संख्या बढिरहेको छ ।
विश्वकै सुन्दर, ऐतिहासिक तथा पर्यटकीय हिसाबले प्रसिद्ध यो सहर मानवीय असंवेदनशीलता तथा लापरबाहीका कारण विश्वकै खराब र मानव बसोवासका लागि अयोग्य हुँदै जानु दुःखको कुरा हो । यस्तो समस्या आउनुमा राज्यको त कमजोरी छँदै छ, आमसहरवासीको भूमिका पनि त्यत्तिकै जिम्मेवार छ । लामो समय पानी नपर्नु, सवारीसाधनको चाप बढ््नु पनि वायु प्रदूषणका थप कारण हुन् । यो संवेदनशील अवस्थाको निराकरणतर्फ लाग्नुको साटो कतिपय संघ, संगठन वा राजनीतिक दल राँके जुलुस र मोटरसाइकल र्याली निकालेर वातावरणलाई झन् प्रदूषित बनाउनतिर लागिरहेको देख्दा उदेक लागेर आउँछ ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ
