जनताको सोचमा पनि परिवर्तन जरुरी

चैत्र २५, २०८१

पाठक पत्र

Change in people's thinking is also necessary

व्यवस्था परिवर्तन भयो तर नेताको सोचमा परिवर्तन आउन सकेन । नेता मात्र होइन, जनताको सोचमा पनि परिवर्तन आवश्यक छ ।

३४ वर्षदेखि पालैपालो एमाले, कांग्रेस र माओवादी भनेर हिँडेका जनताले देशमा सुशासन चाहियो भनेर नेतालाई खबरदारी कहिल्यै गरेनन् । यो नै सबभन्दा ठूलो गल्ती हो । एमाले नभए कांग्रेस, कांग्रेस नभए माओवादी र माओवादी नभए एमाले यिनै दलको वरिपरि देशको राजनीति घुम्यो । जनता तीनै दलको अघिपछि लागे, राष्ट्रप्रति कहिल्यै बफादार बन्न सकेनन् । यसै कारण देशको राजनीति स्थिर बन्न नसकेको हो । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन । तर दलहरूको मनोमानी पनि रोकिनैपर्छ । जबसम्म जनताले गलतलाई गलत र सहीलाई सही भन्न सक्दैनन्, देशको अवस्था दयनीय बन्दै जाने निश्चित छ । लोकतन्त्रको विकल्प छैन भनिरहँदा लोकतन्त्रमा जनताको आवाज सुनिँदैन भने यो जत्तिको विडम्बना के होला ? प्रहरीले गोली हानेर मान्छे मार्छ अनि प्रहरी प्रवक्ता भन्छन्– ‘भूलवश गोली लाग्यो ।’ मान्छे ताकेर गोली चलाउने अनि त्यसलाई भूलवश भनेर सामान्यीकरण गर्ने ?

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully