राजावादीले काठमाडौंको तीनकुनेमा गरेको अराजक प्रदर्शनका दृश्यले सबैलाई दुःखी र चिन्तित बनाएको छ । सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु हुनुमा त्यही अराजक र उच्छृंखल भीड कारक रहेकामा दुईमत छैन ।
पूर्वराजा ज्ञानेन्द्रका कारण मुलुकले यसअघि नै धेरै सास्ती बेहोरिसकेको छ । राजा त्रिभुवनको अनुपस्थितिमा राणाहरूले यिनै ज्ञानेन्द्रलाई पहिलो पटक राजा बनाएका थिए । त्यसपछि राणा शासन नै अन्त्य भयो । वीरेन्द्रको वंशनाशपछि दोस्रो पटक राजा बनेका ज्ञानेन्द्रकै कारण राजसंस्था नै अन्त्य भयो । अब फेरि यिनैलाई अघि सारेर गरिने आन्दोलनको कुनै उपादेयता छैन । म त भन्छु– ज्ञानेन्द्र शाहलाई अगाडि सारेर कहीं पुगिँदैन ।
- डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज
