भन्ने बेलामा कृषिप्रधान देश भन्ने । तर, यही देशका जनताले दुःख गरेर उब्जाएको बन्दाकोभीले बजार पाउँदैन । यो जत्तिको दुर्भाग्य अरू के होला ? लगानी गरेको पैसा नउठ्ने भएपछि दुःख किन गर्नु ?
भारतमा उत्पादित तरकारीले नेपालमा बजार पाउँछ, देशमै उत्पादन भएको तरकारीले बजार पाउँदैन । किलोको १ रुपैयाँमा पनि बन्दाकोभी बिक्री नभएपछि धादिङका किसानले हिउँदे धान रोप्नका लागि बन्दाकोभी त्रिशूलीमा फाल्न बाध्य भएका छन् । कृषकले उत्पादन गरेको वस्तु सरकारले किन्ने हो भने यो समस्या आउने थिएन । बजारमा उपभोक्ताले चर्को मूल्यमा तरकारी किन्नुपर्छ, किसानले उत्पादन गरेको तरकारीले बजार पाउँदैन, यो जतिको लाजमर्दो कुरा अरू के होला ? सरकारलाई समृद्धिका भाषण गर्दैमा ठिक्क छ । कृषकले उत्पादन गरेको वस्तुले बजार नपाएको समाचार आउँदा दुःख लाग्छ । गर्न सक्ने सरकार त्यो समाचारप्रति ध्यानै दिँदैन । हाम्रो कृषि मन्त्रालय र कृषिमन्त्री के हेरेर बसेका छन् ?
- पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
