निन्दनीय कार्य

चैत्र १९, २०८१

पाठक पत्र

reprehensible act

कथित व्यवस्था परिवर्तनका नाममा राजावादीले गरेको आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षति कदापि स्वीकार्य हुन सक्दैन ।

दुई जना व्यक्तिको मृत्यु र करोडौंको नोक्सानी हुने गरी गरिएको तोडफोड, आगजनी र हिंसात्मक आन्दोलनको जति निन्दा गरे पनि कमै हुन्छ । यस्ता निन्दनीय घटनाको जनमतबाट कहिल्यै अनुमोदन हुँदैन र भएका पनि छैनन् ।
गणतन्त्र कायम गर्ने वा राजतन्त्र ल्याउने वा हिन्दु गणतन्त्र कायम गर्ने आदि विषय जनमतबाट समाधान गर्न सकिएला । यी कदापि पनि सडक आन्दोलनका विषय हुन सक्दैनन् । यो पंक्तिकार २०३६ सालको जनमत संग्रहताका विद्यार्थी भएको नाताले जनमतको महत्त्व राम्ररी बुझेको छ । अहिले सबै राजनीतिक दल एक भएर दलीय संस्कार देखाउने बेला आएको छ ।

- डा. सुमनकुमार रेग्मी, कुपण्डोल, ललितपुर

पाठक

Link copied successfully