राजावादी भनेर गर्व गर्ने दुर्गा प्रसाईं, नवराज सुवेदी, धवलशमशेर राणा, रवीद्र मिश्रलगायतको नेतृत्वमा शुक्रबार राजधानीको तीनकुनेमा जुन घटना भयो, त्यो सारै दुःखलाग्दो छ ।
एभिन्युजका क्यामेरा पर्सन पत्रकार सुरेश रजकको र अर्का युवक सविन महर्जनको अनायासै ज्यान गएको छ । एउटा पत्रकार समाचार सम्प्रेषण गर्न गएको थियो । उसको के दोष थियो ? उसले ज्यानै गुमाउनुपर्ने के त्यस्तो अपराध गरेको थियो ? ‘एक्स्कुल्सिभ फुटेज’ लिने क्रममा घरभित्र रहेको व्यक्तिलाई आगो लगाएर ‘हत्या’ गरियो । यसरी हरेक आन्दोलनको निसानामा पत्रकार, सर्वसाधारण र सुरक्षाकर्मी पर्नु थप चिन्ताको विषय हो । पत्रकार भनेको कुनै पार्टीको होइन, उसले सुरक्षित र निर्भीक ढंगले समाचार संकलन र सम्प्रेषण गर्न पाउँदैन भने यो देशमा लोकतन्त्र आएको भनेर कसरी मान्न सकिएला ? प्रहरीले पनि बल प्रयोग गर्दा संयमित हुनु जरुरी छ । दुर्गा प्रसाईंले ‘फिल्मी स्टाइल’ मा ‘स्टन्ट’ देखाएर आन्दोलनकारीलाई उक्साएकाले तोडफोड र आगजनीले बढावा पाएकामा दुईमत छैन । पत्रकार ‘हत्या’ को दोषभागी उनी पनि हुन् ।
- पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
