काठमाडौँ — कान्तिपुरमा सोमबार प्रकाशित सम्पादकीय सबै राजनीतिक पार्टीका लागि शिक्षाप्रद छ । विशेषतः सत्ता सञ्चालन गर्ने दलहरूले यसबाट शिक्षा लिनु जरुरी छ ।
कान्तिपुरमा सोमबार प्रकाशित सम्पादकीय सबै राजनीतिक पार्टीका लागि शिक्षाप्रद छ । विशेषतः सत्ता सञ्चालन गर्ने दलहरूले यसबाट शिक्षा लिनु जरुरी छ । सरकार चलाउने पार्टीहरूले प्रतिकार होइन, सेवा प्रवाहबाट जनताको मन जित्न सक्नुपर्छ भन्ने सम्पादकीय निष्कर्ष तारिफयोग्य छ । वास्तवमा अहिले जनताले गणतन्त्रकै विकल्प खोजिसकेका छैनन् । गणतन्त्रलाई जनताको पक्षमा कुशलतापूर्वक चलाउन नजान्ने असफल शीर्ष नेताको मात्रै विकल्प खोजेकाहुन् । कुशासन र नेतातन्त्रबाट मात्रै मुक्ति खोजेका हुन् । जसलाई दलभित्रै रहेका असल नेताले बेलैमा ग्रहण गर्न सक्नुपर्छ ।
–गोपाल देवकोटा, काठमाडौं–७, चाबहिल, पीपलबोट
