नेपालको राजनीति रोचक मोडमा आइपुगेको छ । शक्तिशाली दुईतिहाइको सरकार छ । राजावादीहरू राजतन्त्रको पुनःस्थापना गर्न भन्दै चरणबद्ध आन्दोलमा छन् ।
जनतामा निराशाको भारी छ । सामाजिक सञ्जाल सरकारका विरुद्धमा देखिएको छ । सरकार गठन भएको आठ महिना बितिसक्दा पनि सरकारले जनतामा केही आशा जगाउन सकेको छैन । सरकार बिचौलिया र व्यापारीको चंगुलमा फसेको भन्दै विपक्षी दल र नागरिक समाजले आलोचना गरिरहेका छन् । यसै पनि जनता नेतातन्त्रले दिक्क भएका छन् । यो नेतृत्वबाट जनताले कहिले मुक्ति पाउने हुन् ?
- अमृत ओस्ती, रत्ननगर, चितवन
