को गरम र को नरम भन्ने त थाहा भएन तर लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन । राजाको प्रत्यक्ष शासन हामीले नझेलेका होइनौं, नदेखेका होइनौं ।
उनको प्रत्यक्ष शासनमा लेख्ने कलम बन्द गरिएको थियो, बोल्ने मुख थुनिएको थियो । प्रेसमाथि दमन गरियो । स्वतन्त्रता हनन गरिएको थियो । आज फेरि त्यही राजतन्त्र कसरी एकाएक ठिक हुन्छ ? बडो विडम्बनापूर्ण लाग्छ । आज जसरी हामीले स्वतन्त्र रूपमा लेख्न र बोल्न पाएका छौं, यसको श्रेय लोकतन्त्रलाई नै जान्छ ।
लोकतन्त्र खराब तन्त्र हुनै सक्दैन । यति भन्नै पर्छ, ‘वास्तवमा यसलाई परिचालन गर्ने नेताहरूको अकर्मण्यताका कारण जनतामा निराशाचाहिँ छाएको छ ।’
- पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं
