व्यवस्था त परिवर्तन भयो तर अवस्था उही

चैत्र १०, २०८१

पाठक पत्र

The system has changed but the situation is the same

जुन जोगी आए पनि कानै चिरेको भनेझैं जनतालाई जुन व्यवस्था आउँदा पनि तात्त्विक रूपमा केही फरक परेको छैन ।

गरिखाने वर्गको अवस्था त झन्झन् खस्किँदै गइरहेको छ । संसारमै राम्रो व्यवस्था भनेर प्रशंसा हुने लोकतन्त्र नेपालमा आएको पनि १७ वर्ष बितिसकेको छ ।

आखिर यो व्यवस्थाबाट जनताले के पाए त भन्ने प्रश्न उब्जिएको छ । नेताहरूको अकर्मण्यताकै कारण जनतामा नैराश्य छाएको हो । नेता आफ्नो कर्तव्यभन्दा सत्ताकेन्द्रित राजनीतिमा रुमल्लिएकै कारण जनता व्यवस्थाकै विकल्प खोज्न सडकमा उत्रिन बाध्य भएका हुन् ।

व्यवस्था परिवर्तन भयो, तर जनताको अवस्थामा परिवर्तन आएन । हिजोभन्दा आज झन् विकराल अवस्था छ । जनताको दैनिकी झन् कष्टकर बन्दै छ । महँगीले आकाश छुन खोजेको छ । बिचौलियाको रजगज छ । भ्रष्टाचारको त कुरै नगरौं । यो त बढेको बढै छ ।

- पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं

पाठक पत्र

Link copied successfully