दलित र ब्राह्मण समान हुन्

चैत्र १०, २०८१

पाठक पत्र

Dalits and Brahmins are equal

मानिस जन्मले होइन, कर्म र आचरणले सानो–ठूलो हुने हो । दलित र ब्राह्ण समान हुन् । हरेक मानिसको सम्मानपूर्वक र खुसियालीपूर्वक जिउने हक हुन्छ ।

जातका आधारमा मानिसलाई अपमान गर्ने र हानि पुर्‍याउने काम अति निन्दनीय छ । जातीय भेदभाव विगतका शोषक सामन्तीले आफ्नो कुटिल स्वार्थ पूरा गर्न रचेको प्रपञ्च हो ।

एक्काइसौं शताब्दीमा पनि जातभातको कुरा गर्नु र कथित ‘तल्लो जात’ भनी अपहेलित गर्नु संवेदनहीनताको पराकाष्ठा हो । अरूको पीडा महसुस गर्न नसक्ने मानिस नै वास्तवमा पशु हो । धमिराले काठ खाएझैं आफूलाई कथित उपल्लो जातिका मानिस ठान्नेले नै मानवतालाई मसानघाटमा पुर्‍याएका हुन् ।

- प्रकाश भट्टराई, गैंडाकोट–१, नवलपुर

पाठक

Link copied successfully