लेखक किन निराश ?

चैत्र ८, २०८१

पाठक पत्र

Why is the author disappointed?

सीके लालको ‘चैते बेचैनीको जोखिम’ पढेँ । लेखकको विहंगम दृष्टिसँग म अभिभूत पनि छु । त्यस्तो विहंगम दृष्टि भएको स्रष्टा हतपति भेटिँदैनन् । तर यस आलेखमा लेखक अलिक निराश भएजस्तो लाग्यो ।

उनले आलेखमा तीन संकेत, एक भविष्यवाणी, केही सुझाव र कारक तत्त्वको उल्लेख गरेका छन् । संकेतहरूमा हतियारको प्रयागेबारे, अरवमा पसिना चुहाउनेहरू र २००२ देखि २००५ सम्मको पुस्ताको कुरा गरेर मात्र निराश भएका छन् । तर म यहाँ यो भन्न चाहन्छु कि त्यसपछिको पुस्तामा पनि सबै राजावादी छैनन् ।

केही त खासमा पहिले पनि थिए, आज पनि छन् । तिनले केही गर्न सक्दैनन् । वास्तवमा जब कुनै पनि चिजको अति हुन्छ, तब परिवर्तन हुन्छ नै । नस्लवाद, उदारवाद र प्रजातन्त्रको यस्तो दुरुप्रयोग भएको छ कि अब परिवर्तन अवस्यंभावी छ । तर अबको कुनै पनि परिवर्तन स्वतन्त्रता र पहिचानको किमतमा हुन सम्भव छैन । जुन सामाजिक सञ्जालले वितण्डा मच्चाएको छ, त्यसैको पछि लागेर स्वतन्त्रता र पहिचानलाई खोस्न मिल्दैन । राजाले त धमिलो पानीमा माछा मार्ने प्रयास मात्रै गरिरहेका हुन् ।

– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज

पाठक

Link copied successfully