हिजोआज दिनहुँजसो काठमाडौंका सडकछेउका बिजुलीका पोलमा आगलागी भएका समाचार सुन्न र देख्नमा आइरहेका छन् । यसको मुख्य कारण पोलका तार सर्ट हुनु नै हो । यसरी आगलागी हुँदा ठूलो धनजनको पनि नोक्सानी भइरहेको छ ।
बिजुलीका पोलमा आगलागी हुँदा सँगैका घरहरूमा पनि आगलागी हुने जोखिम बढेको छ । अझ पुराना तथा काठका घरमा छिट्टै आगो सल्किन बेर छैन । एउटा घरमा आगोले टिप्नासाथ सँगैका अन्य घरमा पनि सल्किन सक्छ । अझ साँघुरा सडक गल्लीका कारण घना बस्ती भएका ठाउँमा पनि समयमै दमकल पुग्न सम्भव छैन, त्यस्ता ठाउँमा आगलागीले भयानक रूप लिन सक्छ ।
फेरि अहिले हुरीबतास चल्ने मौसम हो । यस मौसममा सामान्य लापरबाहीले पनि ठूलो क्षति हुन सक्छ । यसर्थ समयमै यसतर्फ नेपाल विद्युत् प्राधिकरणको ध्यान जाओस् ।
– अच्युतमान सिंह प्रधान, बालुवाटार, काठमाडौं
