जनताले गणतन्त्रकै विकल्प खोजिसकेका छैनन्

चैत्र ६, २०८१

पाठक पत्र

The people have not looked for an alternative to the republic

गणतन्त्र बचाउने हो भने अहिले पनि समय र अवसर छ । यदि ठूला दलका शीर्ष नेताले आ–आफ्नो असफल नेतृत्वबाट विश्राम लिई आफ्नै पार्टीका आशा जगाउने ऊर्जाशील युवालाई नेतृत्व सुम्पेमा नारा–जुलुसले थर्किरहेको सडक शान्त पार्न सकिन्छ ।

त्यसका लागि पटक–पटक अवसर पाएर पनि कुनै आशा देखाउन नसकेका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले ‘स्टेप डाउन’ गर्नैपर्छ । अन्यथा आन्दोलनको कुनै भर हुँदैन । क्षणभरमै नेपाल पनि बंगलादेश हुन बेर लाग्दैन ।

सधैं पदमा लिसो टाँसिएझैं टाँसिएर बस्दा आमजनता वाक्कदिक्क भइसके । वास्तवमा अहिले जनताले गणतन्त्रकै विकल्प खोजिसकेका छैनन्, मात्र गणतन्त्रलाई जनताको पक्षमा कुशलतापूर्वक चलाउन नजान्ने असफल शीर्ष नेताको मात्र विकल्प खोजेका हुन् ।

गणतन्त्रको विकल्प उत्तम गणतन्त्र हो न कि राजतन्त्र । राजाको निरंकुश शासनमा लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । पत्रपत्रिकामा सेन्सरसिप थियो । ‘न्युज रुम’ मै सेना परिचालन गरिएको थियो । इन्टरनेटसमेत अवरुद्ध पारिएको थियो । शीर्ष नेतृत्वले चाँडै नै नेतृत्वबाट विश्राम लिएर गणतन्त्रको मिठो फल भावी पुस्तालाई पनि चाख्ने अवसर देओस् ।

- गोपाल देवकोटा, काठमाडौं–७, चाबहिल, पीपलबोट

पाठक

Link copied successfully