होली सद्भाव र रङको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसियालीमा हामी प्रत्येक वर्ष होली पर्व मनाउँछौं ।
एकआपसमा रमाइलो गरेर, मिलेर हामी होली खेल्छौं । कसैको इच्छाविपरीत पानी छ्याप्ने, लोला हान्ने, रङ लगाउने कार्य कदापि गर्नु हुँदैन । हाम्रो सांस्कृतिक पर्वलाई त्यही रूपमा मनाऔं । त्यसमै सद्भावको पर्वको गरिमा छ ।
– अच्युतमानसिंह प्रधान, बालुवाटार, काठमाडौं
