पूर्वराजाका गतिविधिमा किन खैलाबैला ?

फाल्गुन २८, २०८१

पाठक पत्र

Why the chaos in the activities of the former king?

नेपाली राजनीतिमा फेरि एक पटक पूर्वराजाका कारण मुलुकका राजनीतिक पार्टीहरूमा खैलाबैला मच्चिएको छ । राजतन्त्र समर्थक पार्टीहरू राजतन्त्र फर्काउने नाममा विभिन्न कार्यक्रम गरिरहेका छन् भने त्यही कार्यक्रमको प्रभावमा नेपालका लोकतान्त्रिक पार्टीमा खैलाबैला मच्चिएको हो ।

किन नेपालका राजनीतिक दलहरू राजावादीका सामान्य कार्यक्रमलाई यति धेरै मान्यता दिइरहेका छन्, बुझिनसक्नु छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई सिधै दरबार लान्छौं भनेर उद्घोष गरिरहेका पूर्वराजावादीहरू नेपाली जनताले लामो संघर्षपश्चात् प्राप्त गरेको बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रबाट टाढा जाने हुटहुटी मच्याउनु जरुरी छैन । अहिले केही सीमित व्यक्तिले चाहँदैमा राजतन्त्र आजको भोलि नै आउँछ भन्नु बगिरहेको खोलाको पानी माथितिर फर्काउनु जत्तिकै असम्भव कुरा हो । यो जान्दाजान्दै पनि किन यति ठूलो खैलाबैला त ?

अतः राजतन्त्रवादी दलहरूले आउने निर्वाचनमा जनताको मतबाट आफ्नो उपस्थिति संसद्मा देखाउन सक्छन् । बहुमत ल्याए सरकार र दुईतिहाइ ल्याए संविधान संशोधन गरेर राजाका बारेमा पनि सोच्न सकिनेछ । यस्तो सरल बाटो हुँदाहुँदै कोकोहोलो मच्याउनुको कुनै अर्थ छैन ।

रामकृष्ण बराल, जोरपाटी–५, काठमाडौं

पाठक

Link copied successfully