उद्दण्ड विद्यार्थी नेताकै कारण त्रिभुवन विश्वविद्यालयमा रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा तोडफोड भएको हो ।
यस्तालाई नेता मानुन्जेल विश्वविद्यालयमा राम्रो पढाइ हुने अपेक्षा गर्न सकिँदैन । भन्दा स्ववियुका नेता भन्ने तर कामचाहिँ गुन्डागर्दी र तोडफोड गर्ने ! यस्तो हर्कत गर्नेलाई कसरी स्ववियुको नेता मान्ने ?
विद्यार्थी नेताहरूलाई कुर्सी–टेबुल तोडेर ठूलै बहादुरी गर्यौं भन्ने लाग्दो हो । तर, यो जत्तिको नीच काम अरू हुनै सक्दैन । अब कुन मुख लिएर स्ववियु चुनावमा जाने ? कसरी मलाई भोट देऊ भन्ने ?
वार्ताबाट समास्या समाधान गर्नुको साटो गुन्डागर्दीमा उत्रिनु सरासर गलत हो, यसको जति नै निन्दा गरे पनि कम हुन्छ । अगुवा विद्यार्थी नेताहरूले समयमै यसबारे सोचून् ।
– चिरञ्जीवी उपाध्याय, बझाङ
