राजतन्त्र त चाहिँदैन

फाल्गुन २५, २०८१

पाठक पत्र

Monarchy is not needed

नयाँ होस् या पुरानो होस् राजतन्त्र त चाहिँदैनधोकाधडी गरी जनता अलमल्याउन पाइँदैनलोकतन्त्र या गणतन्त्र व्यवहारमै आउनुपर्‍योयो नेपाली शिर उचाली माथि उठ्न पाउनु पर्‍यो

खाली पेट लिई आज कराउन चाहिँ पाइएको छ
जनताको दुःख पीडा सुन्ने राज्य चाहिएको छ
दूरदर्शी र पारदर्शी राजनेता आउनुपर्‍यो
कुनाकाप्चा झुपडीमा अमनचैन ल्याउनुपर्‍यो
नयाँ होस् या पुरानो होस् राजतन्त्र त चाहिँदैन
मरेपछि ब्युँतिएको इतिहासमै पाइँदैन ।

कृष्ण कुम्पुरे, आदमटार, धादिङ

पाठक

Link copied successfully