आखिर सत्तामै

फाल्गुन २३, २०८१

पाठक पत्र

In power after all

सालिक बनाउँदै गर्नुपर्छ, भ्यु टावर बनाउँदै गर्नुपर्छमन्दिर बनाउँदै गर्नुपर्छ, उद्घाटन गराउँदै गर्नुपर्छअगाडि–पछाडि सर्दै भए पनि, नीति नियम बनाउने हामीकमजोर भएका विरोध गर्छन्, हामीले शक्ति देखाउनुपर्छ ।

फुर्सद भएका अभियान चलाउँछन्, हामीले पनि चलाउनुपर्छ
झूटलाई कसरी सत्य बनाउने, यसमा दिमाग खियाउनुपर्छ
नचाहिने ठाउँमा पुल बनाउने, चाहिने ठाउँमा सोच्ने हामी
कमजोर भएका कराउँदै गर्छन्, हामीले त्यसलाई ढाक्नुपर्छ ।

खर्च कम गर्ने भन्दै, फेरि खर्चका शीर्षक बढाउनुपर्छ
हामी हार्छौं, हामी जित्छौं, फेरि हामी नै आउनुपर्छ
ऋण बढाउँछौं, कर बढाउँछौं, हामीलाई रोक्न कसले सक्छ
मिल्छौं, छुट्छौं फेरि जुट्छौं आखिर सत्तामै रमाउनुपर्छ ।

अनिमेष पाठक, सिद्धिचरण मार्ग, ओखलढुंगा

पाठक

Link copied successfully