देशमा लोकतान्त्रिक गणतन्त्र आएको छ । तर सरकार भने जनताको मुख बन्द गर्ने कोसिसमा लागेको छ ।
सामाजिक सञ्जाल बन्द गर्छु भन्नेदेखि पत्रकारलाई कारबाही गर्नसम्म सरकार पछि परेको छैन । यसलाई जनताले अब के भनेर बुझ्ने ? प्रजातन्त्र भन्ने कि नेतातन्त्र ? हिजो राजा–महाराजाको हुकुमी शासन चल्थ्यो । अहिले दलका नेताको चल्छ । यस मानेमा हिजो र आजमा जनताका लागि खासै फरक भएन ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
