सामाजिक रोगझैं जरा गाडेर बसेको बालविवाहले केटाकेटीको बहुआयमिक प्रतिभामाथि आघात पुगेको कुरा मधु राईले आफ्नो आलेखमा बडो स्पष्टसँग उजागर गरिदिएको पाएँ ।
२१ फागुनमा प्रकाशित उनको ‘बालविवाहमुक्त समाजको परिकल्पना’ विषयक लेख बडो सटिक पनि लाग्यो । हुन त लामो समयदेखि कानुनी रूपमा बालविवाहलाई सामाजिक अपराध मानिँदै आएको, संलग्नमाथि कारबाही हुने गरेको भए पनि सरकार कुप्रथा रोक्न असफल भएको छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
