महानगरमा प्रशासकीय अधिकारी कहिले ?

फाल्गुन १९, २०८१

पाठक पत्र

When the administrative officer in the metropolis?

मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत ‘इगो’ का कारण महानगरका कर्मचारीले नियमित तलब खान पाएका छैनन् भने विकासका काममा अवरोध सिर्जना भएको छ ।

प्रधानमन्त्रीजस्तो व्यक्ति एउटा महानगरको मेयरसँग पौंठेजोरी खेलेर बस्ने कि देशको नीति–निर्माणको कार्यमा लाग्ने ? महानगर बन्यो भने देश नै बन्ने हो । यसमा विमति जनाउनुपर्ने आवश्यक छैन ।

तीन महिना भयो काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृत नभएको । जसका कारण कर्मचारीको घर खर्च ठप्प भएको छ । कर्मचारीले तलबको भरमा आफ्नो परिवार पाल्छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन साहको काममा साथ र सहयोग दिँदा सरकारको कद घट्ने होइन, झन् बढ्छ भन्ने लाग्छ । महानगर प्रमुखको हरेक काममा सरकारले किन अवरोध गरिरहेको छ, थाहा भएन ।
देशको अवस्थाप्रति गम्भीर बन्नुपर्नेमा प्रधानमन्त्री ओली मेयरसँग जोरी खोजेर बसेको देख्दा अचम्म लाग्छ ।

पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully