ट्रम्प धनाढ्य व्यापारीजस्ता

फाल्गुन १८, २०८१

पाठक पत्र

Trump is like a wealthy businessman

रसियासँग शान्ति सम्झौता हुने सम्भावना हुँदाहुँदै अमेरिकाको उक्साहटमा युद्धमा जाने कुराको कहिल्यै समर्थन गर्न सकिँदैन ।

तर घरमै बोलाएर सबैले घेरेर र्‍याखर्‍याखती पार्दा पनि डटेर जवाफ दिने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको तारिफचाहिँ नगरी बस्न सकिएन । अमेरिकी राष्ट्रपति कार्यालयमा यसअघि कहिल्यै नदेखिएको दृश्य यसपटक देखियो । ट्रम्पसँग जेलेन्स्की मज्जाले वाक् युद्धमा भिडे । उनले ह्वाइटहाउसमा गएर संसारको सबभन्दा शक्तिशाली देशका राष्ट्रपति र उपराष्ट्रपतिसमक्ष जसरी आफ्ना असहमति र असन्तुष्टि निर्भीक ढंगबाट राखे, वास्तवमै तारिफ गर्न योग्य थियो । यस मानेमा जेलेन्स्कीले इतिहास पनि रचे । ५० मिनेट लामो पत्रकार सम्मेलनमा जेलेन्स्कीले आफ्नो देश युक्रेनको सशक्त प्रतिरक्षा गरिरहे । जहाँ जेलेन्स्की विश्व राजनीतिज्ञजस्ता देखिए भने ट्रम्प धनाढ्य व्यापारीजस्ता ।

धिरज खरेल, झापा, हाल: काठमाडौं

पाठक

Link copied successfully