उनीहरू–मार्क्स–एङ्गेल्स पढेर मस्किन्छन्लेनिन पढेर लोलाउँछन्हिटलर पढेर हकार्छन्मुसोलिनी पढेर मुसल बन्छन्माओ पढेर मात्तिन्छन्
हामीचाहिँ–
‘स्वस्थानी’ पढेर आफ्नै स्थानमा बस्नुपर्ने
‘स्तोत्ररत्नावली’ पढेर चिप्लो घस्नुपर्ने
उनीहरूले जे भने त्यही भनिदिनुपर्ने
‘रामायण’ पढेर हनुमानझैं भक्त
अनि–
‘भागवत् गीता’ पढेर ज्ञानी बनिदिनुपर्ने !
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
