घरबाहिरका कुकुरलाई दुःख नदिऔं

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Don't hurt the dogs outside the house

काठमाडौँ — कुकुर समाजमा हुने अरू प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू प्राणीभन्दा बेग्लै हुन्छ । जस्तै मानिसले अरू प्राणीको रक्षा गर्छ, कुकुरले मानिसको रक्षा गर्छ ।

कुकुर समाजमा हुने अरू प्राणीसरह नै हो ।अझ भन्ने हो भने कुकुरको काम अरू प्राणीभन्दा बेग्लै हुन्छ । जस्तै मानिसले अरू प्राणीको रक्षा गर्छ, कुकुरले मानिसको रक्षा गर्छ । त्यसकारणलेपनि प्रायः कुकुर पालिएको देखिन्छ । त्यति मात्र नभई तिहारमा कुकुरको विशेष रूपमा पूजा गरिन्छ ।
कुकुर मानव समाजको अभिन्न हिस्सा हो, तर मानिसहरूको व्यवहारले घरभित्र र घरबाहिरका कुकुरबीच ठूलो भिन्नता ल्याएको छ । घरमा पाल्ने कुकुरलाई आफ्नै परिवारको सदस्य जसरी लालनपालन गरिएको हुन्छ । उनीहरूलाई दिने खानेकुरा सामान्य कुकुरले खानेभन्दा धेरै फरक हुने गर्छ । बिरामी भए औषधि उपचार, स्याहारसुसार, पारिवारिक माया, आरामदायी वातावरण घरपालुवा कुकुरले पाउने गर्छ । तर सोही मालिकले गाउँठाउँमै हुर्केका कुकुरहरूलाई गर्ने व्यवहार धेरै फरक हुने गर्दछ । ती कुकुरहरूले धेरै दुःख भोगेका हुन्छन् । उनीहरूको गाँस, बास, कपास घरपालुवा कुकुरभन्दा धेरै फरक हुन्छ । उनीहरू दिनदिनै थुप्रै रोग, दुर्घटनाको सिकार हुने गर्छन् । साथसाथै धेरै मानिसहरूबाट अपहेलित हुने गर्छन् । धेरै मानिसहरूले तती कुकुरलाई जानाजान चोट पुर्‍याउने गर्छन् । उनीहरूले घरपालुवा कुकुरलाई माया गर्छन् तर घरबाहिरको कुकुरलाई तिरस्कार गर्छन् । अझ सुत्केरी कुकुरको बच्चाले दुःख दिएको छ भने मारिएको पनि पाइन्छ ।
समाजले घरभित्र र घरबाहिरका कुकुरलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । मात्र कुकुरतिहारको एक दिन पूजा गरी बाँकी दिन अपहेलित गर्नु हुँदैन । दुवै कुकुर समान छन्, केवल तिनीहरूको अवस्था फरक छ । यदि हामीले घरबाहिरका कुकुरलाई पनि सहानुभूति देखाई खानपान, आश्रय र स्वास्थ्य सेवा दिन सक्यौं भने उनीहरूपनि सुरक्षित र भरपर्दो प्राणी बन्न सक्छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूले बेवारिसे कुकुरहरूको व्यवस्थापनका लागि उचित कदम चाल्नुपर्छ ।
कुकुरत उही नै हो । फरक त हामी मानिसको दृष्टिकोण र व्यवहारमा मात्र छ । यदि हामीले त्यो सोच परिवर्तन गर्न खोज्यौँ भने वास्तविक मानवता झल्किन्छ । त्यही कारण हामीले हाम्रो व्यवहारमा सकारात्मक भावना ल्याउन जरुरी छ ।
रोजी बस्नेत

कान्तिपुर

Link copied successfully