काठमाडौँ — जन्मदिनमा केक काट्ने चलन आयोउद्घाटनमा बेलुन उडाउने चलन आयोस्वदेशमा काम गर्नु हुँदै हुँदैन
जन्मदिनमा केक काट्ने चलन आयो
उद्घाटनमा बेलुन उडाउने चलन आयो
स्वदेशमा काम गर्नु हुँदै हुँदैन
विदेश गएर कमाउने चलन आयो
दिगो विकासको त कुरै गर्न बिर्सेर
जताततै मन्दिर र भ्यु टावर बनाउने चलन आयो
भ्रष्टाचार संस्थागत रूपमै बढाएर
‘भ्रष्टाचारीको मुखै नहेर्ने’ चलन आयो
‘कर बढाउनु जनतालाई, सुविधा बढाउनु आफूलाई’
थाहै नपाई देशमा यस्तो नयाँ उखानको चलन आयो ।
अनिमेष पाठक
सिद्धिचरण मार्ग, ओखलढुंगा
