मनको कुरा

फाल्गुन ५, २०८१

पाठक पत्र

matter of mind

मन लाग्यो भनेरातारात गरेर पनि काम हुन्छसंसद् नचले पनिअध्यादेश धमाधम बन्छमन लागेन भनेजतिसुकै महत्त्वपूर्ण होस्काम कहिल्यै हुँदैनगफगाफमै समय जान्छ ।

मन लाग्यो भने
असम्भव कुरा पनि ‘हुन्छ’ भनिन्छ
आवश्यक नपर्ने ठाउँमा पनि
‘भयंकर निर्माण’ गरिन्छ
मन लागेन भने
आँखैअगाडिको समस्या पनि देखिँदैन
आफूलाई सुखसुविधा छँदै छ,
जनताको दुःख वर्षौंसम्म रहिरहन्छ ।

मन लाग्यो भने
मन्त्री, कार्यालय र सचिव थपिन्छ
विभिन्न नाम र बहानामा
सुविधा, सान र सम्मान थपिन्छ
मन लागेन भने
कर, ऋण र अनुदान थपिन्छ
स्वदेशमा त चुपचाप जे पनि सहिएकै छ
विदेशमा पनि बेइज्जत र बदनाम थपिन्छ ।

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा ।

पाठक

Link copied successfully