दरबारमार्गमा ढुंगा बिछ्याऊ

फाल्गुन १, २०८१

पाठक पत्र

Lay stones on the palace path

काठमाडौं महानगरले दरबारमार्गको पैदल बाटोमा बाहिरी देशबाट आयातित ग्रेनाइट बिछ्याउने कुरा जानकारीमा आएको छ ।

पानी परेपछि यो धेरै चिप्लो हुन्छ । त्यसैले वर्षात्को समयमा हिँड्न धेरै समस्या हुन्छ , साथै दुर्घटनाको जोखिमसमेत बढ्छ । ग्रेनाइटभन्दा नेपालकै खानीमा पाइने ढुंगा बिछ्याउँदा बलियो हुन्छ , लागत पनि कम पर्छ । साथै चिप्लने वा लड्ने डर पनि हुँदैन । तसर्थ तत्काल यो निर्णय सच्याइयोस् ।

सञ्जय अधिकारी, काठमाडौं

पाठक पत्र

Link copied successfully