‘रूख ढालेर सडक अवरोध, सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई बीच बाटैबाट फर्काइयो’ शीर्षकको समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी
केबलकारलाई पहिचानसँग जोडेर राजनैतिक एजेन्डा बनाइएको छ । शतप्रतिशत गलत छ ।
– वीरेन्द्रहाङ लाबुङ लिम्बू
गर्भवती महिलालाई सहज रूपमा जान देऊ, यो जत्तिको पीडा संसारमा केही छैन ।
– ग्यान्टा बीके
मान्छेलाई ढुंगेयुगमा फर्काउने कस्तो संस्कार, संस्कृति र धर्म हो ?
– भरत बागलुङे पौडेल
बन्द–हडताल समस्याको समाधान हुँदै होइन । सकिन्छ भने निर्माण क्षेत्रमा गएर निर्माण कार्य बन्द गरौं ।
– काम्बाङ मिराप
सुत्केरी गराउने राम्रो हस्पिटल छैन भने हस्पिटल बनाउने हो कि केबलकार बनाउने ?
– रीना तुम्सा
मुक्कुम्लुङ र पाथीभरा भनेर किन झगडा गर्छौ ? आन्दोलनकारीको माग पूरा गर ।
– तारानिधि सापकोटा
आफ्ना माग पूरा गराउन १० वर्ष जनयुद्धका नाममा नरसंहार गरियो, हजारौं बेपत्ता भए, हजारौंले ज्यान गुमाए, तब ठिक लाग्ने ? आज स्थानीयले आफ्नो मौलिकता, संस्कृति बचाउनका निमित्त गरेको संघर्षमा यस्ता घटना हुनुलाई के भन्ने ?
– दीपेन्द्र शर्मा
छातीमा गोली हान्दाचाहिँ चुप्प लागेर बस्नेले जाबो एउटा रूख ढालेर बाटो बन्द गरेको देख्ने ?
– जीवन लिम्बू तुम्बापो
केबलकार र पहिचानसँग केको साइनो ? मनकामना केबलकारले त्यसको प्रसिद्धि र देशी, विदेशी तीर्थालुको संख्या १० औं गुणाले वृद्धि भयो । बजार विकास भयो । माताको थानभन्दा त्यसै पनि एक–आधा किलोमिटर तल नै बन्छ स्टेसन । मान्छेले मान्छे बोके आस्था र पहिचानमाथि केही नहुने अनि केबलकारले बोके आस्थामाथि प्रहार हुने यो के खालको तर्क हो ?
– बुद्धिसागर पोखरेल
विरोध राज्यसँग हो । एउटी सुत्केरी बेथाले छट्पटाएकी महिला वा अन्य बिरामी उपचार गर्न पाउने पहिलो प्राथमिकता हो । तरिका फरक अपनाउनुहोस्, एउटाको अधिकारको रक्षा हुँदा अरूको हनन हुनु हुन्न ।
– अर्जुन कार्की
पहिचानको खोल ओढेकालाई यो थाहा छैन कि मनकामनामा पनि केबलकार छ भनेर, त्यहाँको अस्तित्व पनि सकियो त ?
– अञ्जान श्रेष्ठ
केबलकार बनाउने होइन, अस्पताल बनाएको भए यो बिजोग हुने थिएन ।
– तेजबहादुर लावती
आन्दोलनकारीको घरमा नि बिरामी त हुन्छन् होला नि अनि थाहा हुन्छ छटपटीको पीडा ।
– राम राम
केबलकार बन्नुपर्छ, यो विरोधको कुनै तुक छैन । सम्बन्धित ठाउँमा गर्नुपर्ने आन्दोलन यसरी जनतालाई दुःख दिएर कहाँ पुगिएला ?
– रोमन न्यौपाने
स्थानीयले बनाउन हुन्न भन्दाभन्दै जबर्जस्ती किन हो ? व्यापारीको सरकार हो यो, जनताको होइन ।
– लेछार्बो लिम्बू
बाँच्ने अधिकार सबैको हुन्छ । बन्दका कारण कसैको पनि अकालमा ज्यान नजाओस्, सबैको ध्यान जाओस् ।
– मेगेन्द्र सुवेदी
आकस्मिक सेवालाई पूर्ण प्राथमिकता दिऔं । विरोधको विधिलाई संयमता तथा विशुद्ध विरोधको औचित्यमा मात्र प्रहार हुने विषयमा केन्द्रित हुँदै विरोध गरौं ।
– नारायण लिम्बू
