अमेरिकाले दिएको सन्देश

माघ १७, २०८१

पाठक पत्र

America's message

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै सम्पूर्ण विदेशी फन्डिङ रोकेका छन् । अब नेपाल मात्र होइन धेरै देश सचेत बनेका छन् ।

अब नेपालका अर्थविद्को आफ्नो भूगोलअनुसारको अर्थोपार्जनको रणनीति अगाडि बढाउनेतिर ध्यान जानुपर्ने आवश्यकता देखिएको छ । नेपाल सरकारले विज्ञ टोलीको सहयोगमा आर्थिक उपार्जनको मध्याम स्थानीय भूगोलअनुसार के हुन सक्छ, विचार गर्ने समय घर्किन दिनु हुँदैन । अब विद्यालयमा टाई–सुटको रजगजभन्दा पनि विद्यार्थीलाई कसरी स्थानीय माटो सुहाउँदो व्यावहारिक शिक्षा दिन सकिन्छ, त्यतातिर ध्यान जान जरुरी भइसक्यो । बिजुली बत्ती र प्लम्बिङका साथै अन्य कैयौं घरायसी प्राविधिक कामका लागि जनशक्ति उत्पादन गर्न विद्यालयस्तरीय शिक्षामै व्यावहारिक ज्ञान दिन जरुरी छ । यसरी मात्रै अबका युवा स्वावलम्बी बन्न सक्नेछन् । खेतीबाली आधुनिक ढंगले कसरी लगाउने, हाम्रा खनिज पदार्थको उपयोग कसरी गर्ने, जल, जंगल, जमिन, जडीबुटी, जनावरको सदुपयोगले अर्थोपार्जनको रणनीति कसरी तय गर्ने यतातिर राज्यले ठोस रणनीति बनाउनुपर्छ । सानो देशमा प्रशासनिक खर्च कटाउन राजनीतिक भागबन्डाका दलीय संरचनामा पनि सुधार गर्नुपर्ने देखिन्छ ।

अमेरिकी राष्ट्रपतिको सन्देश पनि परनिर्भर नहुनु तर आफैं आत्मनिर्भर रहनु भन्ने नै देखियो । यसरी अहिले संसारभरिको प्रायः अर्थतन्त्रको धेरै हिस्सा अमेरिकनले धानेको देखिन्छ । त्यसैले आफ्नै परिवेशमा रमाउन सिकौं, देखासिकी त क्षणिक रहेछ भन्ने कुराको ज्ञात सबैलाई हुनु जरुरी छ ।

खिमराज गिरी, काठमाडौं

पाठक

Link copied successfully